गृहपृष्ठ बुटवलमा प्रदेश नम्बर ५ कै पहिलो कार मेला
बुटवलमा प्रदेश नम्बर ५ कै पहिलो कार मेला
बुटवल- टाटा मोर्टको लागि नेपालको एक मात्रै आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.(लि) र सिप्रदी ट्रेडिङ्गका लागि अधिकारीक वितरक सफल अटो ईन्टरनेशनल को संयुक्त आयोजानमा बुटवलमा प्रदेश नम्बर ५ कै पहिलो टाटा मोर्टस कार मेला आयोजना आजबाट सुरु हुदै छ । यहि जेठ ११, १२ र १२ गते विहान ११ बजे देखि साँझ ७ गते सम्म सञ्चालन हुने छ ।
आफ्नो बर्गको लागि कार्यक्रमहरु मध्ये सबैभन्दा उतकृष्ठ मानिएको यस कार मेला बुटवलमा पहिलो पटक गर्न पाउदा उत्साहित भएको सफल अटो ईन्टरनेशनल बुटलका सेल्स एण्ड मार्केटिङ्ग को-अर्डिनेटर सन्दिप पोखरेल जानकारी दिए ।
काठमाडाैंमा विगत लामो समय देखि कार मेला आयोजना हुदै आएको थियो । टाटा मोर्टसले यस अघि हेटौटा र पोखरामा समेत कार मेला सफलता पुर्वक सम्पन्न गरिसकेको छ । प्रदेश नम्बर ५मा पहिलो पटक सफल अटो ईन्टरनेशनल आयोजनामा टाटा मोर्टस कार मेला आयोजना हुन लागेको हो । जुन मेलामा टाटा कुनै पनि प्रकृतिका कारहरु ग्राहकले खरिद गर्न पाउने छन् ।
यस कार मेलाको मुख्य आर्कर्षहरुमा टाटा प्यासेन्जर गाडीहरुको वृहत प्रर्दशनी, टेस्ट ड्राईभ, एक्सचेन्ज र अन द स्पट फाईनान्स सुविध, स्वीमिङ्ग पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटो सुट र फुड(खाना)का विविभन्न स्टलहरु रहनुको साथै सांगीतिक एवम मनोरञ्जनातमक कार्यक्रमहरु रहेका छन् ।
यस्तै उक्त मेलामा टाटा मोटर्सद्वारा नयाँ पुस्तकालाई लक्षित गरेर तयार पारेको टाटा नेक्सन कारको अनावरण (लन्चीङ्ग)को साथै वृहत प्रर्दशनी र टेष्ट ड्राईभ गर्न सकिने सफल अटो ईन्टरनेनल बुटवलका सेल्स एण्ड माकेटिङ्ग को अर्डिनेटर सन्दिप पोखरेल ले जानकारी दिए ।
विषेश गरी कारका पारखिहरुलाई लक्षित गरेर आयोजना गरिएको कार मेलामा सम्पूर्ण दर्शकहरुको लागि निःशुल्क प्रवेशको समेत व्यवस्था गरिएको छ ।
टाटा मोटर्स (वार्षिक) ४२ अर्व डलरको कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो ।
७६ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ । कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । पेसेञ्जर गाडीको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् ।
कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ ।
सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो । ३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु वढेको छ । सिप्रदी टे«डिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित १८ विक्री कार्यालय र २४ सेवा केन्द्रहरु रहेका छन् । गाडीमा २० शोरुम र २५ सेवा केन्द्रहरु रहेका छन् ।
प्रकाशित समय ०९:०२ बजे

















