गृहपृष्ठ हावाहुरीले नवलपरासीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति

हावाहुरीले नवलपरासीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति

nawalpur-newskarobar

आइतबार आएको हावाहुरीले नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीले उडाएको जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७, त्रिवेणी बस्ने लालन यादवकी १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको हो ।

जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । जस्तापाताले लागेर अन्य केही व्यक्ति घाइते भएका छन् । हावाहुरीले विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ मा गरी करिब ८० घरमा क्षति पुर्‍याएको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु