गृहपृष्ठ विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश २१ रनले विजयी

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध बंगलादेश २१ रनले विजयी

bangladesh-newskarobar

आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले पहिलो जित निकालेको छ । दक्षिण एसियाली राष्ट्रले कमजोर प्रदर्शन गरिरहेका बेला बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । शकिब अल हसन र मुस्फिकर रहिमले तेस्रो विकेटका लागि १४२ रनको उत्कृष्ट साझेदारी गरेपछि बंगलादेशले उच्च स्कोर बनाएको थियो । हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए । यस्तै, महमुदुल्लाहले ४६ रन तथा सौम्य सरकारले ४२ रन जोडे ।

जवाफमा दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर जम्मा ३०९ रनमात्र बनायो । कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाए भने जेपी डुमिनीले ४५, डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रनको योगदान गरे ।

बलिङमा मुस्ताफिजुर रहमानले तीन तथा मोहम्मद सेफुदीनले दुई विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु