गृहपृष्ठ चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।
भानु नगरपालिका–२ भकुण्डोथोकका ईश्वर अधिकारीकी ९ वर्षीया छोरी पुष्पा अधिकारीको शुक्रबार राति चितुवाले आक्रमणमा मृत्यु भएको हो । साँझ साढे ७ बजेतिर घर अगाडि खेलिरहेकी पुष्पालाई चितुवाले आक्रमण गरेको थियो । राति ९ बजेतिर मात्र घरबाट करिब ५ सय मिटर दूरीमा रहेको खरबारीमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यसअघि पनि भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गएको थियो ।
प्रकाशित समय ०८:१९ बजे

















