गृहपृष्ठ काठमाडौं आसपास हुरीसहित वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं आसपास हुरीसहित वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं र आसपासका क्षेत्रमा हावा हुरीसहित वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हावा हुरीसहित वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको हो । ट्वीटमा महाशाखाले लेखेको छ, ‘भर्खर विकशित भएको प्रणालीका कारण धेरै स्थान प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन अनुरोध छ ।’
प्रकाशित समय १९:०१ बजे


















