गृहपृष्ठ नासाले पर्यटकका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन खोल्ने

नासाले पर्यटकका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन खोल्ने

nasa-newskarobar

आगामी वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा जान सक्ने छन् । त्यहाँ एक रातका लागि ६ हजार डलर तिर्नुपर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष स्टेसन पर्यटन एवं व्यापारिक प्रयोजनका लागि खोल्दै छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका उपनिर्देशक रबिन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका दुई निजी अन्तरिक्ष मिसन पठाइने छ । यी मिसनहरुको रकम निजी कम्पनीहरुले उठाउनेछन् ।

प्राइभेट अन्तरिक्ष–यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म जान ३० दिन लाग्ने नासाले बताएको छ । उनीहरुले अमरिकी के स्पेसक्राफ्टबाट यात्रा गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन बाहिरी अन्तरिक्षमा अवस्थित छ । यसलाई अन्तरिक्षसम्बन्धी शोधका लागि विकास गरिएको हो । यी स्टेसन पृथ्वीकै निकटवर्ती कक्षमा स्थापित छ ।

यो अन्तरिक्ष स्टेसन एक प्रकारको कृत्रिम उपग्रह हो । यहाँ रहेर मानिसले अनेक प्रकारका प्रयोगात्मक कार्य गर्न सक्ने छन् । मुख्य वित्तीय अधिकारी जेफ डेविटले न्युयोर्कमा भनेका छन्, ‘नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन व्यावसायिक उपयोगका लागि पहिलो पटक खोल्दै छ ।’

नासाका अनुसार निजी कम्पनीहरुले पहिलो अन्तरिक्ष यात्री तय गर्ने छन् । आफ्नै खर्चमा यात्रा गर्ने अन्तरिक्ष यात्रियाहरुलाई निजी कम्पनीले नै अन्तरिक्ष उड़ानका लागि तालिम र स्वास्थ्य परीक्षणका कार्य गर्ने छन् । प्रतिवर्ष १२ निजी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय उक्त स्टेसनमा जान सक्ने छन् ।

नासाले इलोन मस्कको स्पेसएक्स र बोइङ दुई कम्पनीलाई काम गर्न अनुमति दिएको छ । स्पेसएक्सले आफ्नै ड्रेगन क्याप्सुल उपयोग गर्ने छ भने बोइङले स्टारलाइनर नामक स्पेसक्राफ्ट बनाउँदै छ । यी कम्पनीहरुले अन्तरिक्षयात्रीसँग नासाका अंतरिक्षयात्रीहरुसँग लिने जति मात्र भाडा लिन पाउने छन् । यसका लागि प्रतिफ्लाइट उनीहरुले ६ करोड डलर मात्र लिन पाउने छन् ।

यसअघि नासाले अन्तरिक्ष स्टेसनको व्यावसायिक उपयोगमा रोक लगाएको थियो । नासाकै अन्तरिक्षयात्रीले कुै कम्पनीको अनुसन्धानमा भाग लिन पाउँदैनथे । नासा यो स्टेसनको धनी चाहिँ होइन । सन् १९९८ देखि यसको निर्माण सुरु गरिएको थियो । अमेरिका र रुस मिलेर यो स्टेसन निर्माण गरेका थिए ।

सन् २००१ मा अमेरिकी व्यवसायी डेनिस टिटो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा जाने प्रथम पर्यटक थिए । उनले दुईतर्फी यात्राका लागि रूसलाई २ करोड़ डलर तिरेका थिए । अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्षको बजेटमा सन् २०२५ सम्म सरकारी रकमबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन नचलाउने घोषणा गरेका थिए । त्यसैले नासाले अन्तरिक्षयात्रीसँग आफैंले शुल्क लिएर पठाउने नयाँ घोषणा गरेको हो ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु