गृहपृष्ठ सप्तरीमा एकै गााउँका दुई बालिका बलात्कृत
सप्तरीमा एकै गााउँका दुई बालिका बलात्कृत
सांकेतिक तस्बिर
सप्तरीमा दुई दिनभित्र दुई बालिका बलाकृत भएका छन् ।
तिरहुत गाउँपालिका–४ डिमन की १४ वर्षीय बालिकालाई आइतबार राति सोही स्थानका ३० वर्षीय मो. इद्रिस र १५ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
त्यसको एकदिनअघि सोह गाउँपालिका–५ लोहजाराकी ५ वर्षीया बालिकाको बलात्कार भएको थियो । बलात्कारमा १५ वर्षीय बालक नै संलग्न रहेको प्रहरीले जनाएको छ । पसलबाट फर्कने क्रममा बालिकालाई एकान्तमा लगेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।
दुवै घटनाका आरोपी पक्राउ परिसकेको र अनुसन्धान र कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:२८ बजे

















