गृहपृष्ठ विश्वकप क्रिकेट : अष्ट्रेलिया र पाकिस्तान भिड्दै
विश्वकप क्रिकेट : अष्ट्रेलिया र पाकिस्तान भिड्दै
एकदिवसीय विश्वकप क्रिकेटमा आज साविक विजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
यसअघिको खेलमा भारतसँग पराजित भएको अष्ट्रेलिया आज पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ । खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि हुनेछ ।
प्रतियोगितामा पहिलो खेलमा वेस्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तान घरेलु टोली इंग्ल्याण्लाई १४ रनले हराउँदै लयमा फर्किएको छ । श्रीलंकाविरुद्धको खेल भने वर्षले रद्द भएको थियो ।
प्रकाशित समय ०९:५८ बजे

















