गृहपृष्ठ बिकास निर्माणको प्रगति माग

बिकास निर्माणको प्रगति माग

?

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लामा सञ्चालित विकास निर्माण कार्यको प्रगति बिवरण माग गरेको छ । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा सञ्चालित विकास निर्माणका कामको प्रगतिका बिषयमा जानकारी दिन सबै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए ।
निर्माण व्यवसायी मार्फत सञ्चालित विकास निर्माणका कामहरुको सम्झौता भएको मिति, म्याद थप भएको भए थप्नुको कारण, अहिले सम्मको प्रगति लगायतका बिषयमा जानकारी माग गरिएको हो । सबै स्थानीय तह र विकास निर्माणका कामसंग सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । पत्रपुगेको तिनदिन भित्र विवरण पठाउन आग्रह गरिएकाले अबको एक दुईदिनभित्र विवरण संकलन हुने उनको भनाई छ ।
जिल्लाभरीका विकास निर्माणका कामको विवरण संकलन भएपछि काममा ढिलाई भएका योजनाको बारेमा छलफल गरिने सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । गृहमन्त्रालयले विकास निर्माणका काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने यसअघि नै बताईसकेको छ ।

प्रकाशित समय १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु