गृहपृष्ठ काफल बेचेर २५ हजार अाम्दानी

काफल बेचेर २५ हजार अाम्दानी

पाल्पा- माथागढी गाउँपालिका देवगरीका महिलाहरुले काफल फल टिपेर यस सिजनमा राम्रो आम्दानी गरेका छन् । निजी र सामुदायिक वनमा रहेको काफल पाक्न थालेपछि दिनहु जंगल चहारेर टिपेको फल थोकमा बिक्री गर्ने गरेका छन् ।
दिनभरी टिपेको काफल मानाको ५० रुपैयामा बिक्री गरेर दाल, चामल, नुन, तेल लगायतका घरायसी सामाग्रीहरु किन्ने गरेको माथागढी गाउँपालिका ४ की शान्ती चिदीले बताईन । यस क्षेत्रका करिब ३० जनाको दैनिक काफल फल टिप्ने बनेको छ ।
उनिहरुले दैनिक ३ सय देखि १५ सय सम्म कमाउने गरेका छन् । गाउँभरीको काफल स्थानीय व्यापारी बालकृष्ण न्यौपानेले खरिद गरेर बुटवल बजारमा क्यारेटमा राखेर पठाउने गरेका छन् । गाउँबाट दुई चार पाथी काफल लिएर बजार जॉर्दा किसानलाई फाइदा नहुने भएपछि केही नाफा राखेर दैनिक ८० पाथी भन्दा बढी काफल खरिद गरेर बिक्री गर्ने न्यौपानेले बताए ।
प्रत्येक बर्ष काफल बेचेर विस देखि पच्चिस हजार रुपैया कमाउने घर खर्च र छोरा छोरीको पठाइमा खर्च गरेको देवगरीकी सुकमाया गाँहाले बताईन । कफाल घर छेऊमै बिक्री हुन थालेपछि सबैका घर घरमा काफल रुखहरु रोप्न थालेका छन् भने सामुदायिक वनमा समेत संरक्षणमा जुटेका छन् ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु