गृहपृष्ठ सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउनेविरुद्ध भ्रष्टाचार मुद्दा

सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउनेविरुद्ध भ्रष्टाचार मुद्दा

bisesh adalat newskarobar

बाँके र बर्दियाका विभिन्न स्थानको सार्वजनिक र सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी दीर्घबहादुर पोखरेल सहित २८ जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २–२ करोड रूपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रमुख मालपोत अधिकृतदेखि कार्यालय सहयोगी, जग्गा व्यवसायी र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले बाँके जिल्लाका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा २ करोड १६ लाख र बर्दीयाका जग्गा व्यक्तिका नाममा र्पुयाउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको ठहर गरेको छ ।

मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घ बहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर केसीलगायत छन् ।

यस्तै मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोकालगायतलाई भ्रष्टाचार मुद्दा लगाइएको छ ।

प्रकाशित समय ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु