गृहपृष्ठ रामेछापमा बस दुर्घटना, २ को मृत्यु, १३ जना घाइते

रामेछापमा बस दुर्घटना, २ को मृत्यु, १३ जना घाइते

durghatna2-newskarobar

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

अरनिको यातायात सेवा समितिको बा २ ख ७२४२ नम्बरको सुपर एक्सप्रेस बस बिहीबार राति लखनपुरको गुरासेँ भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा दोरम्बा गाउँपालिका–६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको छ । उपचारको लागि काभ्रेको धुलिखेल लैजाने क्रममा उनीहरुको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । चालकले रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको घाइतेको भनाइ छ ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु