गृहपृष्ठ चीन भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुग्यो
चीन भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुग्यो
चीनको सिन्चुआन प्रान्तमा सोमबार राति गएको भूकम्पका कारण १३ जनाले ज्यान गुमाएका छन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पले करिब २ सय जना घाइते भएका छन् । भूकम्पको धक्का स्थानीय समयानुसार राति १०ः५५ मा महशुस भएको थियो । चिनियाँ अधिकारीहरु उद्धारमा जुटिरहेका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले राहत सामग्री पनि पठाइ सकिएको जनाएको छ ।
चांग्निङमा ९ जना र गोंगसियन काउन्टीमा ४ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । केही दुर्गम स्थानहरुमा समेत भूकम्पले क्षति र्पुुयाएको र ती स्थानहरु सञ्चार सम्पर्कबाट टाढा रहेकोले पनि मृतक र घाइतेहरुको संख्या बढ्नसक्ने बताइएको छ ।
सिचुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित बनेको छ ।
प्रकाशित समय ०८:११ बजे

















