गृहपृष्ठ गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

यातायात प्रभावित

भूमिसुधार मन्त्री पद्मा अर्यालले गुठीसम्बन्धि विधेयक फिर्ताको घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

विधेयक खारेजीको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो । मन्त्री अर्यालले राष्ट्रियसभामा प्रस्तुत विधेयकमाथि सरोकारवालासँग छलफल गर्न बाँकी रहेको भन्दै मंगलबार फिर्ता लिने घोषणा गरेकी थिइन् । तर विधेयक फिर्ताको कुनै औचित्य नभएको भन्दै गुठीयारहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

guthi-bill-newskarobar

त्रुटिपूर्ण विधेयक खारेज हुनुपर्ने उनीहरुको माग छ । त्रिपुरेश्वर, थापाथली हुँदै अघि बढेको -याली माइतीघर मण्डलामा आयोजित सभामा मिसिएको छ भने तीनकुने, नयाँ वानेश्वर हुँदै अर्को र्याली माइतीघरतर्फ अघि बढेको छ ।

विधेयक विरुद्धको प्रदर्शनपछि अहिले ठाउँ-ठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।

guthi-bill-newskarobar

guthi-bill-newskarobar

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु