गृहपृष्ठ धादिङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

धादिङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

धादिङमा शुक्रबार भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा. १८ च ९४०८ नम्बरको जिप गल्छी गाउँपालिका–६ को बाझगाउँमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

जिपमा तरकारी बिक्री गर्न किसानहरु चढेका थिए । घाइतेहरूको धादिङका विभिन्न अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु