गृहपृष्ठ युवतीको हत्या गरी लुटपाट गरेको आरोपमा पक्राउ

युवतीको हत्या गरी लुटपाट गरेको आरोपमा पक्राउ

pakrau-arrest-newskarobar

पाँचथरको हिलिहाँङ गाउँपालिका–६ सिटेमा मृत अवस्थामा फेला परेकी एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थामा कार्यरत कर्मचारीको हत्या गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३ गते इलामको माई जोगमाई–५ घर भई उक्त लघुवित्तमा कार्यरत २१ वर्षीया सुजाता तामाङ धारिलो हतियार प्रयोग गरी हत्या गरेर फालेको अवस्थामा फेला परेकी थिइन् ।

युवतीको शव फेला परेसँगै अभियुक्तको खोजतलासमा खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेको आरोपमा स्थानीय १९ वर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका लावतीको साथबाट प्रहरीले लुटिएको नगद र घटनामा प्रयोग गरेको खुकुरीसमेत बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु