गृहपृष्ठ अध्यक्षले आदिवासी उत्थान संघ आफूखुसी चलाएको आरोप

अध्यक्षले आदिवासी उत्थान संघ आफूखुसी चलाएको आरोप

santhal newskarobar

नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्षले संस्था आफूखुसी मनोमानी ढंगले चलाएको आरोप लगाइएको छ । सन्थाल संस्थागत सुशासन अभियान प्रचारप्रसार समितिले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यक्षले आफूखुसी एकलौटी ढंगबाट चलाएको भन्दै विरोध जनाएको हो ।

संघका केन्द्रीय अध्यक्ष लुखिराम हास्दाले ६ वर्षदेखि निरन्तर साधारणसभा र नवीकरण नगरी आफूखसशी योजना छनौट गरी कार्यक्रम गर्ने गरेको प्रचारप्रसार समितिले आरोप लगाएको छ । संघका पूर्व महासचिव लखन हास्दाले अध्यक्षले जिम्मेवारी सम्हालेपछि समुदायको हितमा काम गर्नुपर्ने भए पनि उल्टै संस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए । उनले भने, ‘यो संस्था तराईको आदिवासी सन्थाल जातिको उत्थान र विकासका लागि स्थापना भएको हो तर अध्यक्षले एकलौटी टंगबाट आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरेपछि बाध्य भएर विरोधमा उत्रनुपरेको हो ।’

नियमित साधारणसभा र संस्थाको अधिवेशन गर्नुपर्ने उनले माग गरे । पत्रकार सम्मेलनमा संघका मोरङ सचिव श्यामलाल वास्कीले वैधानिक ढंगले साधारणसभा र अधिवेशन हुनुपर्ने बताए । अर्का सदस्य सोनेलाल किस्कुले अध्यक्षले अन्य सदस्यको हस्ताक्षर किर्ते गरी एकलौटी सवै पदको काम गर्दै आएको आरोप लागाएका छन् ।

प्रकाशित समय २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु