गृहपृष्ठ स्थानीय तहका लागि लोकसेवामा २ लाख ३५ हजार आवेदन

स्थानीय तहका लागि लोकसेवामा २ लाख ३५ हजार आवेदन

loksewa-aayog-newskarobar.com

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा २ लाख ३५ हजारभन्दा बढीको आवेदन परेको छ ।

अहिलेसम्म २ लाख ३४ हजार ८९२ जनाले आवेदन दिइसकेका छन् । खुलातर्फ २ लाख ३२ हजार १ सय १३, जनजातितर्फ २५ हजार ५ सय ७४, मधेसीतर्फ १४ हजार ९ सय ८०, दलिततर्फ १८ सय २८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता भएको लोकसेवा आयोगले जनाएको छ । आवेदकबाट करिब साढे ५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले आगामी १० असारसम्मका लागि समयावधि थप गरेको छ ।

आयोगले गत १५ जेठमा ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ जनाका लागि भर्ना आह्वान गरेको थियो ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु