गृहपृष्ठ साइप्रसका पूर्वराष्ट्रपति क्रिस्टोफिआजको निधन

साइप्रसका पूर्वराष्ट्रपति क्रिस्टोफिआजको निधन

cyprus-ex-president-newskarobar

साइप्रसका पूर्वराष्ट्रपति डेमेट्रिस क्रिस्टोफिआजको ७२ वर्षको उमेरमा निधन भएको छ । क्रिस्टोफिआज निजी चिकित्सकले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी निधनबारे जानकारी गराएका हुन् ।

दुई सातादेखि अस्पताल भर्ना गरिएका क्रिस्टोफिआजलाई लामो समयदेखि स्वासप्रश्वाससम्बन्धी समस्या थियो । उनका श्रीमती एल्सी, दुई छोरी र एक छोरा छन् ।

क्रिस्टोफिआज सन् २००८ को फेब्रुअरीमा राष्ट्रपति चयन भएका थिए भने सन् २०१३ को फेब्रुअरीमा पदमुक्त भएका थिए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु