गृहपृष्ठ विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको रोमाञ्जक जित

विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको रोमाञ्जक जित

indiavsafagan-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएका खेलमा भारत र न्युजिल्यान्ड विजयी भएका छन् । भारतले अफगानिस्तानलाई ११ तथा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५ रनले हराएको हो ।

भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगान टोलीले २१३ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएकोमा भारतका लागि मोहम्मद सामीले ह्याट्रिक गर्दै अफगानिस्तानलाई रोकेका थिए । उनले ह्याट्रिकसहित ४ विकेट लिए । त्यस्तै, बुम्राहा, चाहल र पान्ड्याले समान २÷२ विकेट लिए । अफगानिस्तानका कप्तान मोहम्मद सामीले सर्वाधिक ५२ रन जोडे पनि अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै २२४ रन जोडेको थियो । अफगान टोलीको कसिलो बलिङका कारण भारतले ठूलो स्कोर बनाउन सकेको थिएन । भारतका लागि विराट कोहलीले ६७ तथा ज्यादवले ५२ रन बनाएका थिए ।

अर्को खेलमा न्युजिल्यान्डले वेस्ट इन्डिजमाथि रोमाञ्जक जित निकाल्यो । न्युजिल्यान्डले दिएको २९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २८६ रनमा समेटियो । वेस्ट इन्डिजका ब्रेथह्वाइटले १०१, क्रिस गेलले ८७ र हेटमेयरले ५२ रन बनाए पनि जित हात पार्न सकेनन् । वेस्ट इन्डिजका तीनजना ब्याट्सम्यान १ तथा दुईजना शून्य रनमा आउट भएका थिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । दुवै ओपरन गुप्तिल र मुनरो गोल्डेन डक आउट भएपछि सुरुवातमै दबाबमा आएको न्युजिल्यान्डको पारी टेलर र विलियमसनले उकासेका थिए । तेस्रो विकेटका लागि १६० रनको साझेदारी गरेपछि न्युजिल्यान्डले सम्मानजनक स्कोर बनाएको थियो । विलियमसनले १४८ तथा टेलरले ६९ रन बनाए । जितसँगै ६ खेल खेलेको न्युजिल्यान्ड तालिकाको शीर्ष स्थानमा छ भने ५ खेल खेलेको भारत तेस्रो स्थानमा छ ।

प्रकाशित समय ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु