गृहपृष्ठ पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह खेलमा पेरुलाई ५-० गोलअन्तरले हराउँदै कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासिमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले गोल गरे ।
समूह चरणको तीन खेलमा ब्राजिलले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएर समूह विजेता हुँदै अन्तिम ८ मा पुगेको हो ।
यसै समूहबाट भेनेजुएलाले बोलिभियालाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ । भेनेजुएलाले बोलिभियालाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
प्रकाशित समय ०७:२१ बजे

















