गृहपृष्ठ अख्तियारको छानबिनमा ३ सय सरकारी कर्मचारी

अख्तियारको छानबिनमा ३ सय सरकारी कर्मचारी

Akhtiyar-Durupayog-anusandhan-aayog_newskarobar

करिब ३ सय सरकारी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । राजस्व, लेखा, यातायात, मालपोत, नापी, अध्यागमन र भन्सारमा लामो समयसम्म बसेका कर्मचारी अख्तियारको छानबिनमा परेका छन् ।

अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा अख्तियारले बहालवाला र पूर्वकर्मचारीमाथि छानबिन थालेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले छानबिनमा परेका सबै कर्मचारीलाई सम्पत्ति विवरण भराउन थालेको छ ।

विगतमा राजस्व, भन्सार र लेखामा जागिर खाएका कर्मचारीले अवैध रूपमा कमाएको सम्पत्ति हुन्डी गरी विभिन्न देशमा पठाउने गरेकाले छानबिनमा भने समस्या हुने देखिएको छ । अख्तियारको इन्टिलिजेन्स समूहले केही महिनादेखि ती कर्मचारीमाथि विशेष निगरानी गर्दै आइरहेको छ ।

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु