गृहपृष्ठ रसुवागढी नाका जोड्ने सडक १६ घण्टादेखि अवरुद्ध
रसुवागढी नाका जोड्ने सडक १६ घण्टादेखि अवरुद्ध
पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण शनिबार राति ८ बजे स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो जाँदा आवतजावत गर्ने सवारीसाधन बाटैमा रोकिएका छन् ।
बिहानैदेखि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन् । वर्षात्को समयमा रसुवागढी नाका जोड्ने सडक पहिरोले गर्दा बर्सेनि अवरुद्ध हुँदै आएको छ ।
प्रकाशित समय १२:४६ बजे

















