गृहपृष्ठ बंगलादेशमा रेल दुर्घटना, चारको मृत्यु, एक सय घाइते
बंगलादेशमा रेल दुर्घटना, चारको मृत्यु, एक सय घाइते
बंगलादेशमा आइतबार राति भएको रेल दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सयभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजधानी ढाकाबाट २ सय ३ किलोमिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको हो । स्थानीय समयअनुसार आइतबार राति झन्डै १२ बजे दुर्घटना भएको हो । राजधानी ढाकातर्फ गइरेहको रेल डिब्वा पटरीबाट छुट्टिएर दुर्घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित समय १३:४३ बजे

















