गृहपृष्ठ विश्वकप क्रिकेट : बंगलादेश ६२ रनले विजयी, सकिबले लिए ५ विकेट
विश्वकप क्रिकेट : बंगलादेश ६२ रनले विजयी, सकिबले लिए ५ विकेट
विश्वकप क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हराएको छ । सकिब अल हसनको सनसनीपूर्ण ५ विकेटको मद्दतमा बंगलादेशले अफगानिस्तानमाथि सहज जित हात पारेको हो ।
जितसँगै ७ अंक जोडेको बंगलादेश तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगान टोली ४७ ओभरमा अलआउट हुँदै २०० रनमा सीमित भयो । अफगानिस्तानका लागि समिल्लाह सिनवारीले ४९ तथा गुल्वादिन नाबीले ४७ रन बनाए । अन्य ब्याट्सम्यान बंगलादेशका बलरसामु टिक्न सकेनन् ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २६२ रन बनायो । बंगलादेशका लागि मुस्फिकर रहिमले ८३ तथा अलराउन्ड प्रदर्शन गरेका सकिबले ५१ रन बनाएका थिए । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए पनि बंगलादेशलाई कम स्कोरमा रोक्न सकेनन् । सात खेलमा सातै हार व्यहोरेका बंगलादेश तालिकाको पुछारमा छ ।
प्रकाशित समय ०७:१० बजे

















