गृहपृष्ठ बाबरको शतकमा पाकिस्तानले न्यूजिल्याण्डलाई हरायो

बाबरको शतकमा पाकिस्तानले न्यूजिल्याण्डलाई हरायो

एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

बुधबार राति सम्पन्न खेलमा पाकिस्तानले ६ विकेटले खेल आफ्नो पक्षमा पारेसँगै न्यूजिल्याण्डले पहिलो हार बेहोरेको हो । विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो । जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानको सम्भावना बाँकी नै छ ।

२ सय ३८ रनको लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानलाई जिताउन बाबर आजमले शतक प्रहार गरे । उनी १ सय २७ बलमा ११ चौकासहित १ सय १ रनमा अविजित रहे । ह्यारिस सोहेलले ६८ रनको योगदान गरे । कप्तान शर्फराज अहमद ५ रनमा नटआउट रहे ।

फकार जमान ९ रनमा आउट भए । इमाम उल हक १९ रनमा पेभिलिएन फर्किएका थिए । मोहम्मद हफिजले ३२ रन जोडे । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन, टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३७ रनमात्र बनाउन सक्यो । जेम्श निशम ९७ रनमा अविजित रहे । उनी वान डे करियरको शतक पूरा गर्न ३ रनले चुके । कोलिन डी ग्राण्ड होमले ६४ रनको योगदान दिए ।

मार्टिन गुप्टिललाई ५ रनमा बोल्ड आउट भए । अर्का ओपनर कोलिन मुनरो १२ रनमा पेभिलिएन फर्किए । रोश टेलर ३ रनमा क्याच आउट भए । विकेटकीपर टम लेथम १ रनमा आउट भए । कप्तान केन विलियमसनले ४१ रन जोड्दै आउट भए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ विकेट हात पारे । मोहम्मद आमिर र सादब खानको नाममा समान १–१ विकेट रह्यो ।

जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु