गृहपृष्ठ युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।

धर्ती माता भनिने विष्णु कुँवरलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । कुँवरलाई अहिले काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । कुँवरले एक साताअधि काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो भाइरल भएको थियो ।

पीडित युवतीलाई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । कुँवरले युवतीलाई पिट्दै ‘तँ को होस्, छिटो निस्की’ भन्दै कुटपिट गरेकी थिइन् । उनले ‘तेरो मासु खाम्ला, मलाई चिन’, जस्तो शब्द प्रयोग गरेकी थिइन् । भाइरल भिडियोमा दुई जना प्रहरी अधिकारी पनि देखिएका थिए । तर उनीहरुले केही हस्तक्षेप गरेनन् ।

प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर कुँवरलाई सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु