गृहपृष्ठ आक्रमणकारीको बयान : रमाइलोका लागि युवतीलाई ढलानको काँटीले घोचेको हुँ

आक्रमणकारीको बयान : रमाइलोका लागि युवतीलाई ढलानको काँटीले घोचेको हुँ

सांकेतिक तस्बिर

काठमाडौं उपत्यकामा युवतीमाथि मा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शृंखलावद्ध सिरिन्ज आक्रमणको अभियोगमा ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले महाराजगन्जस्थित भाटभटेनी सुपर मार्केट नजिकबाट गएराति साढे १० बजे पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गर्दै सिरिन्ज नभएर युवतीमाथि ढलानको किलाले घोचेको बयान दिएका छन् । उनले प्रहरीसँगको बयानमा आफूले रामाइलोका लागि ढलानको काँटीले घोचेको तर सिरिन्ज प्रयोग नगरेको बताएको प्रहरी स्रोतले जनाएको छ । कार्कीले रोग सार्ने नियतले आक्रमण नगरेको बताएका छन् ।

युवतीमाथि आक्रमण भएको क्षेत्रका सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गर्दा प्रहरी कार्कीसम्म पुगेको थियो । कार्की केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएर महाराजगञ्जमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका थिए । उनी पाँच वर्ष दुबई बसेर फर्किएका हुन् । उनको घर रामेछाप भएको प्रहरीले जनाएको छ ।

पीडित महिलाहरुलाई शुक्रराज ट्रपकिल सेन्टरले एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिँदै आएको छ ।

प्रकाशित समय १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु