गृहपृष्ठ पृथ्वी राजमार्गको अवरोध खुल्यो

पृथ्वी राजमार्गको अवरोध खुल्यो

prithiwi-rajmarga-newskarobar

शनिबार बिहानदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग दिउँसोदेखि खुलेको छ । बालुवा र लेदोले बाटो अवरुद्ध हुँदा ७ घन्टादेखि रोकिएका सवारी साधन बाटो खुलेसँगै गन्तव्यतर्फ लागेका छन् । शनिबार बिहान परेको पानीले गल्छीको गर्दो खोलादेखि बैरेनी महेश दोभानसम्म करिब डेढ किलोमिटर राजमार्गमा लेदो र बालुवा पसेको थियो ।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ स्वामित्वको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले राजमार्गदेखि सञ्चालनमा ल्याएको बालुवाखानीबाट हरेक वर्षातमा लेदो र बालुवा राजमार्गमा बग्ने गरेको छ । उक्त खानीले नियमित राजमार्ग अवरुद्ध गर्न थालेपछि बन्द गर्न स्थानीयबासीले माग गरेका छन् ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु