गृहपृष्ठ मोरङको डायनियामा सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

मोरङको डायनियामा सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु

sefti-tanki-newskarobar

मोरङको डायनियामा निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–९, डायनियामा मस्जिदका लागि सेफ्टी ट्यांकी बनाउने क्रममा निसास्सिएर बेहोस भएका पाँचमध्ये चार जनाको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।

निसास्सिएर बेहोस भएकामध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको हो । दाउल मियाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु