गृहपृष्ठ तनहुँमा भोज खाएका ४१ जना बिरामी
तनहुँमा भोज खाएका ४१ जना बिरामी
तनहुँमा छिमेकमा भोज खाएका ४१ जना बिरामी परेका छन् । भानु नगरपालिका–३, खहरे निवासी धनराज श्रेष्ठका छोराको भात खुवाइमा बिहीबार भोज खाएका ४१ जना शनिबारदेखि एकैपटक बिरामी परेका हुन् ।
स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायतका खानेकुरा खाएका थिए । भोजमा माछा खाएका जति बिरामी परेका भानु नगरपालिका–३ का अध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । ‘अन्य खानेकुरा खाएकालाई केही असर छैन,’ उनले भने, ‘माछा खाएकाहरु मात्रै बिरामी परेका छन् ।’ बिरामी परेकाहरुलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको उनले बताए ।
प्रकाशित समय ०८:५६ बजे

















