गृहपृष्ठ महिला विश्वकप फुटबल : जर्मनीलाई हराउँदै स्विडेन सेमिफाइनलमा

महिला विश्वकप फुटबल : जर्मनीलाई हराउँदै स्विडेन सेमिफाइनलमा

germany_sweden-newskarobar

दुईपटकको च्याम्पियन जर्मनीलाई पाखा लगाउँदै स्विडेन फ्रान्समा जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको रोहजोन पार्कमा भएको खेलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्विडेनले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १६औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएकी थिइन् । तर, सोफिया जाकोब्सनले २२औं मिनेटमै बराबरी गोल गरिन् । दोस्रो हाफको ४८औं मिनेटमै स्टिना ब्ल्याक्स्टेनियसले गरेको गोल जितका लागि पर्याप्त भयो ।

फाइनल प्रवेशका लागि स्विडेनले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इटलीलाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । अर्को सेमिफाइनल भने इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन अमेरिकाबीच हुनेछ ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु