गृहपृष्ठ रोपाइँमा रमाए पर्यटक (फोटो फिचर)
रोपाइँमा रमाए पर्यटक (फोटो फिचर)
राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा रहेका पर्यटक हिलो खेलेर रमाएका छन् । पोखरा पर्यटन परिषदद्वारा महतगौडा, बिरौटाफाँटमा आयोजित असारे रोपाइँ महोत्सवमा पर्यटक रमाएका हुन् । बेलायतबाट पहिलोपटक नेपाल आएकी सोभियाले भनिन्, ‘साथीहरुसँग हिलोमा खेल्न पाउँदा निकै रमाइलो भयो, नेपाल आफैमा सुन्दर छ, नेपालको कला संस्कृति पनि उत्तिकै राम्रो लाग्यो ।’
दिनभरजसो स्वदेशी र विदेशी पर्यटक हिलो छ्यापाछ्यापमा व्यस्त देखिन्थे । हेरौं तस्बिर ।
प्रकाशित समय ०९:०३ बजे
























