गृहपृष्ठ कस्मेटिक सर्जरी गर्ने ९९ प्रतिशत साधारण नेपाली नै हुन् : डा. निर्वाणा

कस्मेटिक सर्जरी गर्ने ९९ प्रतिशत साधारण नेपाली नै हुन् : डा. निर्वाणा

कस्मेड सेन्टर निजी क्षेत्रकै पहिलो कस्मेटिक सर्जरी सेन्टर हो । काठमाडौंको कालिमाटीमा रहेको कस्मेड कस्मेटिक सर्जरीका लागि कलाकार र समाजसेवीमाझ बढी परिचित छ । कस्मेटिक सर्जरीको आवश्यकता र औचित्यबारे कस्मेड सेन्टरका क्लिनिक म्यानेजर डा. निर्वाणा गुरुङ थापासँग न्युजकारोबारका सञ्जय श्रेष्ठले गरेको कुराकानी :

कस्मेटिक सर्जरी कहिलेबाट सुरु भएको हो ?
इतिहासको पाना पल्टाउने हो भने कस्मेटिक सर्जरीको सुरुवात विश्वमा सयौं वर्षअघि देखि नै भएको प्रमाण भेटिन्छ । इसापूर्व ६०० देखि नै भारतका चिकित्सक सुशरुताले छालालाई शरीरको एक अंगदेखि दोस्रो अंगमा सारेर नमिलेको भागलाई सच्याएर कस्मेटिक सर्जरीको सुरुवात गरेका उदाहरण पाइन्छन् ।

नेपालमा व्यावसायिक रुपमा कस्मेटिक सर्जरी कहिलेदेखि सुरु भएको हो ?
विगत ३०–४० वर्षदेखि नेपालमा पनि प्लास्टीरकस्मेटिक सर्जरी गर्न/गराउन थालिएको छ । आफ्नो अंगको आकारसँग सन्तुष्ट नभएका मानिसले सर्जनसँग परामर्श लिँदै कस्मेटिक सर्जरी गर्न इच्छा देखाएकाले नेपालमा पनि कस्मेटिक सर्जरीको अवधारणा आएको हो । एक्काइसौं शताब्दीमा आएर इन्टरनेटको प्रभाव हामी नकार्न सक्दैनौं । विश्वभर चलिरहको टे«न्डले नेपाललाई पनि तत्काल प्रभावित बनाउँछ । यसै कारण हामीले आमजनतामा कस्मेटिक सर्जरीका बारेमा चासो र इच्छा देखेर कस्मेड स्थापना गरेका हौं । कतिपय मानिस विदेश गएर सर्जरी गराइरहेको पनि हामीलाई थाहा छ । उही उच्चस्तरको सर्जरी तथा सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यले नै हामीले कस्मेड खोलेको हौं ।

कस्मेडबाट कस्ता क्लाइन्टले सेवा लिइरहेका छन् ?
स्थापना भएदेखि अहिलेसम्ममा हामीले हजारौं सफल सर्जरी गरिसकेका छौं । सबैभन्दा बढी गरिने सर्जरीमा एसियन (मंगोलियन) आइलिड सर्जरी, आइबेग हटाइने सर्जरी, राइनोप्लास्टी (नाकको) सर्जरी, स्तन ठूलो वा सानो बनाउने सर्जरी, लाइपोसक्सन तथा टमी टक (पेटको बोसो घटाउने) सर्जरी पर्छन् । त्यस्तै अनुहारको चाउरीपना हटाउने बोटक्स तथा फिलर्स पनि धेरै मानिसमा गरिसकेका छौं । यसबाहेका अनुहारको झुलेको छाला मिलाउने, डिम्पल बनाउने, कानको आकार मिलाउने, पुरुषमा बढ्दो स्तनको आकार सानो गर्ने जस्ता सर्जरी पनि धेरै संख्यामा कस्मेडमा भइरहेको छ ।

सर्जरी गर्न कस्ता मान्छे बढी आउँछन् ?
हुन त कस्मेटिक सर्जरीको नाम सुन्नेबित्तिकै जनधारणा यो छ कि यस्ता सर्जरी कलाकार वा मोडलले मात्र गर्छन् । तर, यो गलत सोचाइ हो । कस्मेटिक सर्जरी गर्ने ९९ प्रतिशत मानिस साधारण नेपाली नै हुन् । हाम्रा क्लाइन्टले विश्वास गरेर कस्मेडमा सर्जरी गराउनुहुन्छ र सफल परिणाम देखेपछि आफ्ना साथी, परिवार तथा छिमेकीलाई रिकमेन्ड गर्नुहुन्छ ।

कस्मेटिक सर्जरी कतिको प्रभावकारी विधि हो ?
कस्मेटिक सर्जरी एकदमै प्रभावकारी हुन्छ । जसरी कुनै पनि रोग जस्तैः एपेन्डिसाइटिस, पित्तको पत्थरी वा पाठेघरमा मासु पलाउँदा, त्यसको शल्यक्रिया गर्दा रोग पूर्णरुपमा निको हुन्छ, त्यसैगरी कस्मेटिक सर्जरीद्वारा आफूलाई चित्त नबुझेको अंग प्रभावकारी रुपमा फरक आकारको बनाउन सकिन्छ । कुनै पनि इच्छुक मानिस कस्मेडमा आउँदा हाम्रो सर्जनले उहाँलाई चेक गरेर, उचित सल्लाह पश्चातमात्र सर्जरी अगाडि बढाइन्छ । यसो गर्दा क्लाइन्ट पनि मानसिक तथा शारीरिक रुपले सर्जरी र त्यसपछिको प्रतिफलसँग सन्तुष्ट भएका पाएका छौं ।

नेपाली समाजले कस्मेटिक सर्जरीलाई कसरी लिएको पाउनुहुन्छ ?
अमेरिका, ब्राजिल, इंग्ल्यान्ड, कोरिया,र फिलिपिन्सलगायतका देशमा आमाबुबाले नै आफ्ना बच्चालाई कस्मेटिक सर्जरी गर्न सल्लाह दिइरहेका हुन्छन् । तर, निर्धक्कसँग भन्नुपर्दा नेपालमा कस्मेटिक सर्जरीप्रतिको धारणा सकारात्मक छैन । अझै पनि हाम्रो समाजमा सेलिब्रेटी वा धनाढ्यहरुले मात्र कस्मेटिक सर्जरी गर्छन् भन्ने धारणा छ । यसको मुख्य कारण जनमानसमा कस्मेटिक सर्जरीबारे यथोचित जानकारी र ज्ञान नहुनु हो । सुन्दरतालाई निखार्नमात्र नभई, कस्मेटिक सर्जरीपश्चात् मानिसको आत्मबल बढ्छ र उहाँहरु समाजमा खुलेर घुलमिल गर्न सक्नुहुन्छ । बाङ्गो नाक, अत्यधिक ठाडो कान, अनुहारको नमिलेको आकार, बढ्दो उमेरले चाउरीपना, एकदम ठूलो स्तनले ढाड दुखाइ जस्ता पीडितलाई कस्मेटिक सर्जरीबाट धेरै लाभ मिल्छ ।

कस्मेटिक सर्जरी कतिको खर्चिलो हुन्छ ?
अरु सबै शल्यक्रियामा झैं कस्मेटिक सर्जरी पनि टिमवर्कको रुममा गरिन्छ । सर्जन, नर्सिङ स्टाफ, एनस्थेटिक (बेहोस) डाक्टरले स्लाइन दिने, औषधी र टाँकाहरुको प्रयोग हुन्छ । त्यस्तै सर्जरीअघि डाक्टर तथा परामर्शदातासँग परामर्श पनि हुन्छ । सर्जरीपश्चात ड्रेसिङ र टाँका काट्ने फलो अप पनि हुन्छ । यी सबैलाई विचार गरेर हरेक सर्जरीको शुल्क तोकिएको हुन्छ ।

प्लास्टिक सर्जरीका लागि कस्मेड सेन्टर नै किन ?
प्राइभेट सेक्टरमा नेपालको सबैभन्दा पहिलो कस्मेटिक सर्जरी सेन्टर कस्मेड नै हो । स्थापना भएदेखि हामीले आजसम्म हजारौं क्लाइन्टलाई सर्जरी सेवा दिएका छौं । ठूला अस्पतालमा यही सर्जरी जनरल सर्जनले गर्छन् भने कस्मेडमा विशेषज्ञ टिमले कस्मेटिक सर्जरी गर्छन । यही कारण सर्जरीपछिको परिणाममा धेरै फरक हुन्छ । सर्जरीअघि सबै जानकारी र पछि हेरचाहका साथै कस्मेडमा गोपनीयतालाई पनि धेरै महत्व दिइन्छ । कसैको जन्मजात नै कुनै अंग नमिलेको अथवा दुर्घटनामा बिग्रिएको, त्यस्तै आफ्नो कुनै अंगले गर्दा आत्मविश्वास गुमेको छ भने कस्मेडमा आएर निःशुल्क परामर्श लिन सकिन्छ । हाम्रा ब्रान्ड एम्बेस्डर रुवी राणा शाह (पहिलो मिस नेपाल– लाइपोसक्सन एन्ड रमी टक सर्जरी), भुवन केसी (आँखामुनिका लोती निकाल्ने सर्जरी) तथा भूमिका श्रेष्ठ (तेस्रोलिंगी कार्यकर्ता– अण्डकोष हटाउने सर्जरी) ले पनि कस्मेडलाई विश्वास गरेर आफ्नो सर्जरी गर्न हामीलाई नै रोज्नु कस्मेडका लागि एकदम गर्वको कुरा हो ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु