गृहपृष्ठ महाराष्ट्रमा वर्षाको कहर, पर्खाल भत्किँदा २४ जनाको मृत्यु
महाराष्ट्रमा वर्षाको कहर, पर्खाल भत्किँदा २४ जनाको मृत्यु
भारी वर्षाका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।
लगातारको मुसलधारे वर्षाले मुम्बईमा सहर जलमग्न भएको हो । रेल सेवा बन्द भएका छन् । सडकमा पानी जमेकाले मानिसहरु घण्टौंसम्म ट्राफिक जाममा फसेका छन् भने वायु यात्रासमेत रद्द गरिएको छ ।
महाराष्ट्रमा वर्षाका कारण पर्खाल भत्किँदा समग्रमा २४ जनाको ज्यान गएको छ । वर्षाका कारण मुम्बई, कल्याण र पुणेमा पर्खाल भत्किएर २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पश्चिम मुम्बईको मलाडमा एक हाउजिङको पर्खाल खस्दा १५ जनाको मृत्यु भएको थियो । सो घटनामा ७५ जना घाइते छन् ।
यस्तै मुम्बई नजिकैको कल्याणमा पर्खाल कस्दा तीनको मृत्यु भएको छ । एक अन्य पर्खाल खस्दा दुई महिला र एक बालकको मृत्यु भएको छ । भारतीय मौसम विभागले शुक्रबारसम्म वर्षा हुने अनुमान गरेको छ ।
प्रकाशित समय ०७:२८ बजे




















