गृहपृष्ठ विश्वकप क्रिकेट : भारत सेमीफाइनलमा, बाहिरियो बंगलादेश

विश्वकप क्रिकेट : भारत सेमीफाइनलमा, बाहिरियो बंगलादेश

india-newskarobar

भारत एकदिवसीय विश्कप क्रिकेटको सेमीफलाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति बंगलादेशलाई २८ रनले हराउँदै भारतले अन्तिम चारमा स्थान बनाएको छ । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका सकीब अल हसनले ६६ रनको योगदान गरे । तामिम इकवाल २२ रनमा आउट भए । अर्का ओपनर सौम्य सरकार ३३ रनमा पेभिलिएन फर्किए । विकेटकीपर मुश्फिकुर रहिमले २४ रन बनाए । लिटन दास २२ रनमा क्याच आउट भए । मोसाद्धेक हसन ३ रनमा बोल्ड आउट भए ।

शब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटका लागि ६६ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । शब्बिरले ३६ रन जोड । सैफुद्दीन ५१ रनमा अविजित रहेपनि हार टार्न भने सकेनन् । भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पान्ड्याले ३ विकेट लिए । त्यस्तै मोहम्मद शामी, भुवनेश्वर कुमार र युजभेन्द्र चहलको नाममा समान १–१ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय पारी खेले । रोहितको जारी विश्वकपमा यो चौथो शतक हो । अर्का ओपनर लोकेश राहुलले ७७ रनको योगदान दिए ।

कप्तान विराट कोहलीले २६ रन जोडे । ऋषभ पन्तले ४८ रनको योगदान दिए । हार्दिक पान्ड्याले खाता खोल्नै सकेनन् । महेन्द्रसिंह धोनी ३५ रनमा आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २ र मोहम्मद सामीले १ रन बनाउन सके । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिए । सकीब अल हसन, सौम्य सरकार र रुबेल हसनले एक–एक विकेट लिए ।

जितसँगै भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अब भारतले श्रीलंकासँग ६ जुलाईमा समूह चरणको अन्तिम खेल खेल्नेछ । बंगलादेशले अन्तिम खेल पाकिस्तानसँग ५ जुलाईमा खेल्नेछ ।

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु