गृहपृष्ठ विमान ल्यान्ड नगर्दै खसेर मृत्यु

विमान ल्यान्ड नगर्दै खसेर मृत्यु

लन्डनमा विमानबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । यात्रारत मानिसको शव लन्डनको आवासीय क्षेत्रको बगैंचामा फेला परेको हो । उक्त मानिस केन्याबाट लन्डन जाने फ्लाइटमा कसैले नदेख्ने स्थानमा लुकेर जाँदै थियो । हवाईजहाज ल्यान्डिङपूर्व नै चक्का बाहिर निस्कँदा चेपमा लुकेको मान्छे खसेको अनुमान गरिँदै छ ।

हवाईजहाज हिथ्रो विमानस्थलमा ल्यान्ड गर्नुपूर्व आवासीय क्षेत्रमा मानिस खसेको थियो । आइतबार उक्त शव क्लापहममा स्थानीय समय अनुसार अपराह्न ३ बजेर ४० मिनेटमा अफर्टन रोडमा देखियो । प्रहरीले मृतक नैरोबीबाट उडेको केन्या एयरवेजबाट खसेको अनुमानमा अनुसन्धान गर्दै छ ।

लन्डनका एक व्यक्तिले बगैंचामा शीतल हावा खाँदै गर्दा केही पर मानिस बज्रिएको बताएका छन् ।नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘ऊ बज्रिएपछि ठूलो आवाज आयो । हेर्दा बगैंचामा पर्खालसम्म रगत छरिएको शव देखियो ।’

यस्तो देखेर उनी बगैंचा बाहिर गए, उनका छिमेकी आएर विछिप्त शव देखे अनि डराएको उनको भनाइ छ । छिमेकीले पनि परिचय दिन चाहेनन् । एकजनाले विमानबाट खस्दै गरेको शरीर देखेको दाबी गरेका छन् । उनले कोपेनहेगन कमनबाट प्लेन ट्रेकिङ एपमार्फत विमान लगातार अवलोकन गर्दै थिए ।

विमानमा आँखा पु-याउने यो व्यक्ति पनि प्रहरीसँगै त्यहाँ पुगेका थिए । उनैले प्रहरीलाई केन्याली विमानबाट मानव शरीर खसेको हो । उनले थप्यो, ‘यो मानिस दुई मिनेटपछि खसेको भए सयौं मानिस भएको ठाउँमा खस्थ्यो । मेरै बच्चा १५ मिनेटअघि त्यहीँ खेल्दै थियो ।’

‘मैले हिथ्रोमा यसबारे कुरा गर्दा हरेक पाँच वर्षमा एकपटक यस्तो हुने बताइयो,’ उनले भने । यो ठाउँमा धेरै भीड़भाड़ नभए पनि प्रत्येक मिनेटमा दुईवटा हवाईजहाज गएको आवाज सुन्नुपर्छ । हिथ्रो विमानस्थल जाने विमानके मार्ग यही हो ।

प्रहरीले निश्चित समयपछि शवको पोस्टमार्टम गरिने बताएको छ । केन्या एयरवेजले एयरक्राफ्ट राम्ररी निरीक्षण गर्दा ल्यान्डिङ गियरनेर केही खानेकुराको ब्याग र पानी भेटिए पनि कुनै खराबी नभेटिएको जनाएको छ ।

नैरोबी एयरपोर्टमा सुरक्षाको चिन्ता

यो घटनापछि नैरोबीको जोमो केन्याटा इन्टरनेसनल एयरपोर्टको सुरक्षालाई लिएर चिन्ता बढेको छ । यस्तै घटना सन् १९९७ मा भएको थियो । केन्या एयरपोर्ट प्राधिकरणले यसको पूरै घटना अध्ययन गर्न एक टोली खटाएको छ । टोलीले काम गर्दै छ ।

उक्त मानिस कसरी विमानसम्म पुगेर लुक्न सफल भयो भन्ने सम्बन्धमा प्राधिकरणले अध्ययन केन्द्रित गरेको छ । हिथ्रो जाने हवाईमार्गमा यो पहिलो घटना होइन । यसअघि पनि विमानमा लुकेर मानिसले यात्रा गरेका छन् । (बिबिसी)

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु