गृहपृष्ठ नक्कली लाइसेन्स बनाउने चारजना पक्राउ

नक्कली लाइसेन्स बनाउने चारजना पक्राउ

lisence-newskarobar

प्रहरीले नक्कली लाइसेन्स बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । ७० हजार रुपैयाँ लिएर नक्कली लाइसेन्स बनाउँदै आएका रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ तथा काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भनेर नक्कली लाइसेन्स बनाइदिने गरेको प्रहरीको आरोप छ ।

ट्राफिक प्रहरीले लाइसेन्स जाँच गर्दा कैफियत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरूले मोटरसाइकलदेखि हेभी गाडीको समेत लाइसेन्स बनाएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध सरकारी कागजात किर्ते गरेको कसुरअन्तर्गत म्याद थप गरेर विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित समय २२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु