गृहपृष्ठ त्रिशुली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, एक घाइते
त्रिशुली नदीमा ट्रक खस्दा २ जनाको मृत्यु, एक घाइते
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशुली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पौने ६ बजेको समयमा मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना७ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते र मृतक दुवैको परिचय खुलेको छैन ।
मृतकको शवलाई नदीबाट बहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:३३ बजे

















