गृहपृष्ठ एकदिवसीय क्रिकेटबाट शोएब मलिकको सन्न्यास

एकदिवसीय क्रिकेटबाट शोएब मलिकको सन्न्यास

पाकिस्तानी टिमका अलराउण्डर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

एकदिवसीय विश्वकपको समूह चरणको खेलसँगै ३७ वर्षीय क्रिकेटर मलिकले सन्न्यास लिएका हुन् । उनी भारतविरुद्धको खेलपछि भने प्लेयिङ सेटमा परेका थिएनन् । बंगलादेशसँगको खेलपछि मलिक मैदानमा पुग्दा उनलाई पाकिस्तानी खेलाडीले ‘गार्ड अफ अनर’ दिएका थिए ।

२० वर्षे एकदिवसीय क्रिकेट करियर त्यागेका मलिकले १९९९ मा वेस्टइण्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । उनले पाकिस्तानका लागि २८७ एकदिवसीय खेल्दै ९ शतक, ४४ अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा उनको नाममा ७ हजार ५ सय ३४ रन र १ सय ५८ विकेट छ ।

३५ टेस्ट खेलेका मलिकले ३ शतक र ८ अर्धशतकमा १८ सय ९८ रन बनाएका छन् । टी –२० सात अर्धशतक सहित २ हजार २ सय ६३ रन मलिकको नाममा छ ।

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु