गृहपृष्ठ वीरगञ्जको सुशील वनस्पती उद्योगमा भीषण आगलागी
वीरगञ्जको सुशील वनस्पती उद्योगमा भीषण आगलागी
सांकेतिक तस्बिर ।
वीरगञ्ज महानगरपालिका–२१ स्थित लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा भीषण आगलागी भएको छ ।
उद्योगमा शनिबार बिहान ३ बजेदेखि आगलागी सुरु भएको हो । अहिले पनि आगोलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय आगो निभाउन प्रयासरत छन् । वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीको कारणबारे भने केही खुल्न सकेको छैन ।
प्रकाशित समय ०९:२६ बजे

















