गृहपृष्ठ ओखलढुंगामा बस दुर्घटना हुँदा ३ को मृत्यु, १५ जना घाइते

ओखलढुंगामा बस दुर्घटना हुँदा ३ को मृत्यु, १५ जना घाइते

durghatna2-newskarobar

ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे१ख १८९१ नम्बरको बस दुर्घटना बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तरर्गत ओखलढुंगाको मानेभञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा चालक झापाका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिक– ५ की माया थापा र सिन्धुलीे कमलामाई नगरपालिकाका लालबहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

चार जना घाइतेलाई काठमाडौं ल्याइएको र अन्यको उदयपुरका स्वास्थ्य संस्थामा उपचार भैइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित समय ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु