गृहपृष्ठ फेडेरर विम्बल्डन टेनिसको सेमीफाइनलमा
फेडेरर विम्बल्डन टेनिसको सेमीफाइनलमा
स्वीस खेलाडी रोजर फेडेरर १३औं पल्ट विम्बल्डन टेनिसको सेमीफाइनलमा पुगेका छन् ।
जापानी खेलाडी केइ निसीकोरीसँग एक सेटले पछि परेको स्थिति उल्टाउँदै फेडेरर सेमीफाइनलमा स्थान बनाउन सफल भएका हुन् । ८ पल्टका उपाधि विजेता फेडेररले निसीकोरीबिरुद्ध ४–६, ६–१, ६–४ र ६–४ को सेटमा जितसहित अल इंग्ल्याण्ड क्लबमा एक सयौं जित हात पार्नसमेत सफल भए ।
३८ औं जन्मदिन मनाउने तरखरमा रहेका फेडेरर ग्राण्डस्लामको सेमीफाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बने । सन् १९९१ मा जिम्मी कर्नर ३९ वर्षको उमेरमा युएस ओपनको सेमीफाइनलमा पुगेका थिए ।
अब फेडेररले रफायल नाडाल र साम क्वेरेरीबीचका विजेतासँग शुक्रबार सेमीफाइनमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित समय ०८:०९ बजे

















