गृहपृष्ठ आँप लिएर चितवन आएको भारतीय ट्रकमा तोडफोड
आँप लिएर चितवन आएको भारतीय ट्रकमा तोडफोड
सांकेतिक तस्बिर
आँप बोकेर चितवन आएको भारतीय ट्रकमा बिहीबार बिहान तोडफोडसँगै आगजनीको प्रयास भएको छ ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आगजनीको प्रयास भएको हो । बिहान ३ बजेतिर आँप लिएर आइपुगेको यूपि ४१ एटी २६९१ नम्बरको भारतीय मालबाहक ट्रकमा तीन युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका हुन् ।
स्कुटरमा आएका युवाले ट्रकको अगाडिको सिसा फाटाइदिएका छन् भने पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । सलाई ओसिएर नबलेपछि आगजनीको प्रयास विफल भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित समय १०:१३ बजे

















