गृहपृष्ठ कमला नदीको बीचमा ५ जना २४ घण्टादेखि अलपत्र

कमला नदीको बीचमा ५ जना २४ घण्टादेखि अलपत्र

बाढीले बगाएर १० वर्षे बालकको मृत्यु

janakpur-flood-kamala-nadi-newskarobar

सिरहाकोे कल्याणपुर नगरपालिका–५ मा बिहीबार बेलुका गोठाले गएका ५ जना नदीमा अलपत्र परेका छन् । शुक्रबार ४ बजेसम्म कमला नदीमा पानीको बहाव निकै बढी भएकाले अलपत्र परेकाहरुको उद्धारमा कठिनाइ भएको छ । डुंगाबाट उद्धार गर्न समस्या भएकाले उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

खराब माैसमका कारण काठमाडाैंबाट अझै हेलिकप्टर आउन नसकेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

बुधबार रातिदेखि परेको अविरल वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न भएका छन् । वर्षापछि जमेको पानी र बाढीले प्रदेश २ को जनजीवन प्रभावित बनेको छ ।

janakpur-flood-newskarobar (10)

बाढीका कारण पर्सामा एकजनाको मृत्यु भएको छ । पर्सागडी नगरपालिका-१ बस्ने मेघनाथ पटेलका १० वर्षीय छोरा निखिल पटेलको मृत्यु भएको हो । स्थानीय सिग्याही खोलामा दाउरा छान्ने क्रममा खोलाले बगाएका निखिलको आफन्तले उद्धार गरी वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रदेश २ प्रहरीका प्रवक्ता डिएसी ज्ञानकुमार महतोले जानकारी दिए ।

janakpur-flood-newskarobar (10)
जिल्ला प्रहरी कार्यालय धनुषा ।

अविरल वर्षाका कारण जनकपुुरस्थित मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रहरीको कार्यालय, जनकपुर अञ्चल अस्पताल, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला हुलाक कार्यालय, बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघलगायतका कार्यालय जलमग्न भएका छन् ।

janakpur-flood-newskarobar (10)
सर्लाहीमा डुवानमा परेको पूर्व-पश्चिम राजमार्ग ।

जनकपुरधामको भानु चोक, मिल्स एरिया, मुरली चोक, विश्वकर्मा चोक, सरन्चियाकुट्टी, बस स्ट्यान्ड, कदम चोक, पिडारी चोक, नमुनाबस्ती, किशोरी नगर, स्टेसन चोकलगायतका मुख्य–मुख्य चाकमा ४ फिटसम्म पानी जमेको छ ।

धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले धनुषा र सिरहाको सीमामा रहेको कमला नदीमा जलस्तर बढ्दै गएकाले कमलाछेउका सर्वसाधारणमा अलर्ट जारी गरिएको बताए । उनले कमला छेउको रानीबास भन्ने ठाउँमा अलर्ट जारी गरिसकेको र सतर्क रहन सूचना दिएको जानकारी दिए ।

janakpur-flood-newskarobar (10)
धनुषाको जिल्ला प्रशासन कार्यालयअगाडि जमेको पानी खोल्दै प्रहरी ।

उता, पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरको पहिलो लचकामा बाढीको पानीको गति निकै बढी भएकाले गर्दा साना तथा मझौला सवारीसाधन अवरुद्ध भएको छ । ठूला सवारीसाधन भने वारपार गर्न थालेका छन् ।

त्यस्तै, सलार्हीको बरहथवा नगरपालिका–१५ मा पूरै टोल डुवानमा परेको छ । बरहथवाका १ सय ५० घरपरिवार बाढीको पानीले डुवानमा परेका छन् । महोत्तरीको जलेश्वरस्थित कारागारमा ४ फिटसम्म पानी जमेपछि कैदीबन्दीको विचल्ली भएको छ । कैदीबन्दीलाई खानाको समस्या भएको प्रहरीले जनाएको छ ।

कोशी नदीमा बाढीको पानीको वहाव उच्च भएपछि २३ वटा ढोका खोलिएको छ । कोशी नदीमा अहिले प्रतिसेकेन्ड एक लाख ५६ हजार ६५६ क्युबिक फिट पानीको बहाब रहेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु