गृहपृष्ठ कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धार गर्न हेलिकप्टर आउँदै
कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धार गर्न हेलिकप्टर आउँदै
सिरहाको कमला नदीमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर आउने भएको छ । गोठाला गएका बेला नदीको बीचमा बनेको टापुमा बिहीबारदेखि अलपत्र परेकाहरूको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर आउन लागेको हो ।
सिरहा कल्याणपुर- ५ मा बिहीबार गोठाला गएका पाँचजना कमला नदीको बाढीले घेरेर अलपत्र परेका छन् ।
प्रकाशित समय १५:४९ बजे

















