गृहपृष्ठ फेसबुकलाई ५ अर्ब डलर जरिवाना !

फेसबुकलाई ५ अर्ब डलर जरिवाना !

mark-zuckerberg-newskarobar

डेटा गोपनीयता उल्लंघन गरेको अभियोगमा फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ । अमेरिकी नियामकले फेसबुकलाई ५ अर्ब डलर जरिवाना गर्न अनुमति दिएको हो । यो निर्णयलाई न्याय मन्त्रालयले भने स्वीकृत गर्न बाँकी छ ।

जरिवाना स्वीकृत भएमा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको यो सबैभन्दा ठूलो जरिवाना हुनेछ । केम्ब्रिज एनालिटिकाले फेसबुकबाट ८ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा फेडरल ट्रेड कमिसन (एफटीसी)ले अनुसन्धान गरिरहेको छ । सत्तारुढ रिपब्लिकन समर्थक फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराउने पक्षमा थिए भने डेमोक्र्याटहरु विपक्षमा छन् ।

(एजेन्सी)

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु