गृहपृष्ठ भक्तपुरको राधेराधेमा कामना सेवाको शाखा स्थापना
भक्तपुरको राधेराधेमा कामना सेवाको शाखा स्थापना
कामना सेवा विकास बैंकले भक्तपुरको राधेराधेमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले मध्यपुर ठिमी नगरपालिका–२६, राधेराधेमा शुक्रबार ९३औं शाखा कार्यालय स्थापना गरेको हो ।
नयाँ शाखाको बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक तथा नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले व्यवसाय विस्तारका क्रममा नयाँ नयाँ प्रोडक्ट र बृहत शाखा सञ्जालमार्फत ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १६:५३ बजे

















