गृहपृष्ठ बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा
पहिरो गएर अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर अवरूद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरूपमा सञ्चालनमा आएको हो । भिरबाट ढुंगा खस्ने क्रम नरोकिँदा शनिबार पहिरो पन्छाउन सकिएको थिएन । पहिरोसँगै खसेर शनिबार मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
प्रकाशित समय १४:०० बजे

















