गृहपृष्ठ फेडेररलाई हराउँदै जोकोभिच विम्बल्डन च्याम्पियन

फेडेररलाई हराउँदै जोकोभिच विम्बल्डन च्याम्पियन

विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले जितेका छन् ।

फाइनलमा तेस्रो वरीयताका स्वीस रोजर फेडेररलाई हराउँदै जोकोभिच लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भएका हुन् । जोकोभिचको विम्बल्डनमा यो पाँचौ उपाधि हो । लण्डनस्थित सेन्टर कोर्टमा भएको खेलमा फेडेररलाई ऐतिहासिक टाइब्रेकरमा ३–२ को सेटमा पराजित गर्दै जोकोभिक च्याम्पियन बने । करिब ५ घण्टा चलेको खेलमा जोकोभिचले फेडेररलाई ७–६ (७–५), १–६,७–६(७–४) र १३–१२ (७–३) को सेटमा हराए ।

जोकोभिचको समग्रमा यो १६ औं ग्राण्डस्लाम उपाधि हो ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु